Hamro Sanchar

बाढीपहिरो पीडितलाई माओवादी केन्द्र निकट बुद्धिजीवी सङ्गठनको ५ लाख बढी सहयोग

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ कात्तिक, ७ गते


Advertisement

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)निकट नेपाल बुद्धिजीवी सङ्गठनले बाढीपहिरो पीडितको सहयोगका लागि ५ लाख २५ हजार सहयोग हस्तान्तरण गरेको छ ।

माओवादी केन्द्रले स्थापना गरेको केन्द्रीय राहत कोषमा रहने गरी सङ्गठनले सो रकम हस्तान्तरण गरेको हो ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सङ्गठनका अध्यक्ष कृष्ण केसी लगायतका पदाधिकारीहरूले चेक हस्तान्तरण गरेका थिए। कार्यक्रममा सङ्गठनका इञ्चार्ज खिमलाल देवकोटालगायत बुद्धिजीवी सङ्गठनका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।

चेक ग्रहण गर्दै अध्यक्ष प्रचण्डले बाढीपहिरो पीडितको सहयोगका लागि बुद्धिजीवी सङ्गठनले लिएको पहलकदमीका लागि धन्यवाद दिए । पार्टीले बाढीपहिरो पीडितको उद्धार, राहत र पुनर्स्थापनाका लागि पहलकदमी लिएको जानकारी दिँदै उनले सरकारको ध्यानाकर्षण गराउने र पार्टी आफैले पनि कार्यकर्ता परिचालन गर्ने काम गरेको बताए ।

यसपटक विपतबाट ठुलो क्षति भएकाले सबै मिलेर अब पुनर्निर्माण र पुनर्स्थापनामा जोड दिनुपर्ने बताए ।


प्रतिकृया दिनुहोस्