Skip
आज : २०८३ आश्विन १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

सुनचाँदीकै मूल्यमा आज पनि नयाँ कीर्तिमान

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ कात्तिक, ६ गते


Advertisement

काठमाडौं । सुनचाँदीकै मूल्यले आज फेरि नयाँ कीर्तिमान कायम गरेको छ।

विगत ६ दिनदेखि निरन्तर बढ्दै आएको सुनचाँदीको मूल्यले आज फेरि यस अघिका सबै रेकर्ड तोड्दै सर्वाधिक महँगो बनेको हो।

गएको बुधबारयता सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ। सोमबारको मूल्यमा थप तीनसय रुपैयाँ बढेर आज सुनको भाउ एक लाख ६५ हजार नौ सय रुपैयाँ कायम भएको छ।

चाँदी पनि आज तोलाको पाँच रुपैयाँ बढेर २ हजार एकसय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

हिजो प्रतितोला ६ सय रुपैयाँ बढेर सुनको मूल्य एक लाख ६५ हजार ६ सय पुगेको थियो।

त्यसैगरी तोलामा पाँच रुपैयाँ बढेर चाँदीको मूल्य आज तोलाको दुई हजार एक सय रुपैयाँ पुगेको छ। हिजो २० रुपैयाँ बढेर चाँदीको मूल्य दुई हजार ९५ रुपैयाँ कायम भएको थियो।

असोज अन्तिमसातादेखि बढ्न थालेको सुनको मूल्यले कात्तिक लागेपछि पनि निरन्तर नयाँ(नयाँ कीर्तिमान बनाइरहेको छ ।


प्रतिकृया दिनुहोस्