Skip
आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

सुन अहिलेसम्मकै महँगो, एकैदिन २ हजार रुपैयाँले बढ्यो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ कात्तिक, २ गते


Advertisement

काठमाडौं । सुनको मूल्यले दिनहुँ महँगो मूल्यको नयाँ-नयाँ रेकर्ड कायम गरिरहेको छ।

बुधबार र बिहीबार महँगिएको सुनले आज फेरि हालसम्मकै सर्वाधिक महँगो मूल्यको रेकर्ड कायम गरेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ६४ हजार चारसय रुपैयाँ कायम भएको छ। यो अहिलेसम्मकै सर्वाधिक महँगो मूल्य हो।

हिजो सुनको मूल्य प्रतितोला एक लाख ६२ हजार चारसय रुपैयाँ थियो।

बुधबार १ हजार ३ सय रुपैयाँले बढेर सुन तोलाको १ लाख ६१ हजार ८ सय रुपैयाँ पुगेको थियो। बुधबारको मूल्यमा थप ६ सय रुपैयाँ बढेर बिहीबार सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको थियो।

बिहीबारको मूल्यमा थप दुई हजार बढेर सुनले आजफेरि अहिलेसम्मकै उच्च मूल्यको रेकर्ड बनाएको महासंघले जनाएको छ।

मंगलबार सुनको मूल्य १ लाख ६० हजार ५ सय रुपैयाँ थियो। असोजमा महँगो मूल्यको नयाँ(नयाँ कीर्तिमान बनाएको सुनको मूल्यले कात्तिक लागेपछि पनि नयाँ(नयाँ रेकर्ड बनाइरहेको छ।

चाँदीको मूल्य पनि आज बढेको छ। तोलामा ३० रुपैयाँ बढेर चाँदी आज एक हजार नौसय ८० रुपैयाँ पुगेको छ। चाँदी हिजो १ हजार ९ सय ५० रुपैयाँमा किनबेच भएको थियो।


प्रतिकृया दिनुहोस्