Skip
आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

दसैंपछिको पहिलो कारोबारमै बढ्यो सुन-चाँदीको मुल्य

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असोज, २९ गते


Advertisement

काठमाडौं । आज छापावाल सुनको मूल्य बढेको छ। गतसाता बुधबारको तुलनामा दसैंपछिको पहिलो कारोबारमै सुन प्रतितोला एक हजार चार सय रूपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार पाँच सय रूपैयाँमा कारोबार भएको छ। गतसाता बुधबार छापावाल सुन प्रतितोला एक लाख ५९ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै बुधबार चाँदीको मूल्य पनि बढेको छ। गतसाता बुधबार प्रतितोला १९ सय रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार १९ सय २५ रूपैयाँमा कारोबार भएको छ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २६ सय ४२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।


प्रतिकृया दिनुहोस्