
काठमाडौं । सुनको मूल्यले आज फेरि अहिलेसम्मकै सर्वाधिक महँगो रेकर्ड कायम गरेको छ।
आज तोलामा चार सय रुपैयाँ बढेर सुनको मूल्य अहिलेसम्मकै सर्वाधिक महँगो बनेको हो।
आज सुन तोलाको एक लाख ६१ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यो अहिलेसम्मकै सबैभन्दा महँगो मूल्य हो।
हिजो सुनको मूल्य प्रतितोला एक लाख ६० हजार ९ सय रुपैयाँ थियो।
यही असोज १३ गते सुनको मूल्य प्रतितोला १ लाख ६१ हजार २ सय रुपैयाँ पुगेर ओरालो लागेको थियो। त्यसयता केही दिन घटेको सुनको मूल्य बिगत तीन दिनदेखि लगातार बढिरहेको छ।
आज चाँदीको मूल्य पनि बढेको छ। तोलामा ३० रुपैयाँ बढेर चाँदीको मूल्य आज एक हजार नौ सय ८० रुपैयाँ कायम भएको छ। हिजो चाँदीको मूल्य एक हजार नौसय ५० रुपैयाँ थियो।