आज : २०८१ आश्विन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

उर्लिएको बागमतीले बुद्धनगर-यूएनपार्क जोड्ने पुलमा क्षति

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असोज, १२ गते


Advertisement

काठमाडौं । भारि वर्षासँगै बागमतीमा बाढी उर्लिएको छ ।

बाढीको बहाव बढ्दा काठमाडौंको बुद्धनगर र ललितपुरको यूएन पार्क जोड्ने पुलमा क्षति पुर्याएको छ ।

चारपाङ्ग्रे गाडी हिँड्ने पक्की पुलको माथिबाट बाढी बगेको छ । पक्की पुलको छेउँमा रहेको मानिसमात्र पैदल हिँड्ने गरिएको फलामे पुल भत्किएको छ । पुलका खम्बा ढलेका छन् ।

नदी किनारका बाटाहरु पूरै जलमग्न छन् । सडक किनारका घर र पसलमा बाढी पसेको छ ।

प्रहरी प्रशासनले खोला किनारका बाटोमा यात्रा गर्न रोक लगाएको छ ।


प्रतिकृया दिनुहोस्