आज : २०८१ आश्विन ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

सरकारले गर्‍यो उखु र दूध किसानको बक्यौता तिर्न २ अर्ब निकासा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असोज, ११ गते


Advertisement

काठमाडौँ । सरकारले दुग्ध तथा उखु किसानको बक्यौता तिर्न करिब २ अर्ब रुपैयाँ निकासा गरेको छ । रकम निकासा भएसँगै उखु किसानले दसैंअगाडि नै बक्यौता रकम पाउनेछन्।

दुग्ध किसानहरूको बक्यौता रकम तिर्न आज मात्र सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ऋण लगानीको तमसुक तथा भुक्तानीका लागि अनुमति दिएको हो ।

८ जिल्लाका उखु किसानले पाउनु पर्ने १ अरब ४५ करोड बढी रकम कृषि मन्त्रालयले रकमान्तर गरी भुक्तानीका लागि जिल्लाहरूमा पठाएको कृषि तथा पशुपंक्षी मन्त्रालयले जनाएको छ ।

सरकारले कञ्चनपुर, नवलपरासी पश्चिम, बारा, रौतहट , सर्लाही, महोत्तरी, सिराहा र सुनसरी जिल्लाका उखु किसानले पाउनु पर्ने रकमका लागि निकासा गरेको हो ।

मन्त्रालयको भदौ २६ गतेको निर्णयलाई महालेखा परीक्षकको कार्यालय र अर्थ मन्त्रालयले स्वीकृत गरेको हो । उखु किसानलाई रकम उपलब्ध गराउन कृषि मन्त्रालयले गरेको प्रस्ताव अनुसार अख्तियारी तथा बाँडफाँट शुक्रबार भएको हो।

त्यस्तै, मन्त्रिपरिषद् भदौ २० गते दुग्ध विकास संस्थान ९डीडीसी०लाई दुग्ध किसानहरूको बक्यौता रकम तिर्नका लागि सर्तसहित ६० करोड रुपैयाँ ऋण दिने प्रस्ताव स्वीकृत गरेको थियो । उक्त रकम सम्बन्धी दुग्ध किसानको हातमा पुग्ने गरी सम्पूर्ण प्रक्रिया पूरा भएको डीडीसीका प्रमुख सूर्य पाण्डेले जानकारी दिएका छन् ।


प्रतिकृया दिनुहोस्