आज : २०८१ आश्विन ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

सुनको मूल्यमा लगातार नयाँ रेकर्ड, प्रतितोला १ लाख ६१ हजार नाघ्यो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असोज, ११ गते


Advertisement

काठमाडौं । पछिल्ला दिनमा सुनको मूल्यले लगातार नयाँ रेकर्ड बनाउँदै आएको छ । आज सुन प्रतितोला एक लाख ६१ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार एक लाख ६० हजार ७०० रुपैयाँमा कारोबार भएकोमा यो रेकर्डलाई शुक्रबार ९आज० ५०० रुपैयाँ बढेर ब्रेक गरेको हो ।

सुन आइतबार १ लाख ५८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । सोमबार एक लाख ५९ हजार २०० मा, मंगलबार एक लाख ५९ हजार ७०० र बुधबार एक लाख ६० हजार ४०० रुपैयाँमा सुन कारोबार भएको थियो । यो हप्ताभरी नै नयाँ–नयाँ रेकर्ड बनाएर सुनको मूल्य उकालो लागेको हो ।

तीन दिनदेखि चाँदीको मूल्य भने स्थिर छ । गत बुधबारदेखि चाँदी प्रतितोला एक हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रतिकृया दिनुहोस्