Hamro Sanchar

साउनमा १ खर्ब ३६ अर्ब रेमिट्यान्स भित्रियो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असोज, १० गते


Advertisement

काठमाडौं । चालु आर्थिक वर्ष २०८१र८२ को पहिलो महिना (साउन)मै १ खर्ब ३६ अर्ब ९६ करोड रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आँकडा अनुसार साउनमा भित्रिएको यो रेमिट्यान्स अघिल्लो आव साउनको तुलनामा १८ प्रतिशत धेरै हो ।

अमेरिकी डलरमा विप्रेषण १ अर्ब २ करोड भित्रिएको छ । अघिल्लो वर्ष ८७ करोड ९८ लाख डलर बराबर रेमिट्यान्स आएको थियो ।

यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिनेको संख्या (संस्थागत र व्यक्तिगत)नयाँमा ३६ हजार ९ सय २८ र पुनः श्रम स्वीकृति लिनेको संख्या २२ हजार ६ सय ४७ छ ।

यस वर्ष नयाँ श्रम स्वीकृति लिनेको संख्या केही घटेको छ भने पुनः श्रम स्वीकृतिमा विदेश जानेको संख्या बढेको देखिन्छ ।


प्रतिकृया दिनुहोस्