आज : २०८१ आश्विन ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

सुन प्रतितोला १ लाख ६० हजार ४ सय रुपैयाँमा कारोबार

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असोज, ९ गते


Advertisement

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

छापावाल सुन प्रतितोला एक लाख ६० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । आज सुन हालसम्मकै उच्च मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार एक लाख ५९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदी प्रतितोला ४० रुपैयाँ बढेर एक हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ९१५ रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिकृया दिनुहोस्