काठमाडौं । आज पनि सुनको भाउले नयाँ रेकर्ड बनाएको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला ४ सय रुपैयाँ बढेको हो ।
अघिल्लो दिन प्रतितोला १ लाख ५८ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ५९ हजार २ सय रुपैयाँ पुगेको छ ।
त्यस्तै चाँदी भने स्थिर छ । अघिल्लो दिनकै मूल्य प्रतितोला १९२० रुपैयाँमा चाँदीको कारोबार भएको छ ।
गत वर्षको असोजमा सुन प्रतितोला १ लाख १२ हजार हाराहारीमा कारोबार भएको थियो । एक वर्षकै अवधिमा सुनको मूल्य ४१ प्रतिशत बढेको छ