आज : २०८१ आश्विन १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

कागेश्वरी मनोहरा नगरपालिकाले विभिन्न कार्यक्रम गरेर मनायो ‘राष्ट्रिय शिक्षा दिवस’

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असोज, ३ गते


Advertisement

काठमाडौं, असोज २- कागेश्वरी मनोहरा नगरपालिकाले विभिन्न कार्यक्रम गरेर ‘राष्ट्रिय शिक्षा दिवस’ मनाएको छ । नगरपालिकाले बुधबार राष्ट्रिय निर्माण माध्यमिक विद्यालयमा बृहत कार्यक्रमको आयोजना गरि राष्ट्रिय शिक्षा दिवस’ मनाएको हो ।

कार्यक्रममा बिभिन्न पुरस्कार वितरण, एसइई सम्मान, शिक्षक सम्मान एवम् बिदाई कार्यक्रम गरेको थियो ।

कार्यक्रममा नगरपालिकाभित्रका सामुदायिक र संस्थागत विद्यालयका आधारभूत तह इसीडी शिक्षक सम्मान, १ देखि ८ सम्म बीएलइ, एसइई र १२ सम्म विद्यार्थी, बिषयगत उच्चतम जिपिए ल्याउन सफल शिक्षक तथा विद्यार्थीहरुलाई पुरस्कार तथा सम्मानपत्र प्रदान गरिएको थियो ।

माध्यमिक तहको अन्तिम परिक्षा एसइईमा नगर मापदण्डअनुसार उत्कृष्ट जिपिए ल्याउन सफल ४ जिपिए ल्याउन सफल ५ जना विद्यार्थीहरुलाई सम्मान, स्वैच्छिक अवकाश र उमेरहद ६० बर्ष पुगी अनिवार्य अवकाश भएका १० जना शिक्षकहरुलाई सम्मानसहित बिदाई गरिएको थियो । भने ३ जना शिक्षक बढुवा भएका प्रशंसा पत्र प्रदान गरिएको थियो ।

पुर्व स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री गगन थापाको प्रमुख आतिथ्यता, एवम् नगर शिक्षा समिति अध्यक्ष तथा नगरप्रमुख उपेन्द्र कार्कीको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपप्रमुख शान्ता थापा, नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति कबिर शर्मा, नेकपा एमाले बागमती प्रदेश सदस्य समिति सदस्य मणिराम फुयाल, नेकपा माओवादी केन्द्र जिल्ला काठमाडौं सचिव महेश्वर फुयाल, राष्ट्रिय निर्माणका बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष तथा वडा नम्बर ६ का वडाअध्यक्ष प्रकाश फुयाल बिशेष अथिति रहेका थिए भने, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौला, नगर शिक्षा तथा खेलकुद शाखा प्रमुख पुष्पराज ढकाल, विभिन्न राजनीतिक दलका प्रमुख, नगर शिक्षा समिति सदस्य, नगरसभा सदस्य, ९ वटै वडाका अध्यक्षहरु र वडासदस्यहरु अतिथिका रुपमा रहेका थिए ।

वडा नम्बर ६ का वडासदस्य तथा नगर शिक्षा समिति सदस्य कपिल खनालद्धारा संचालित कार्यक्रममा नगर शिक्षा तथा खेलकुद शाखा प्रमुख ढकालले कार्यक्रमको उदेश्यसहित स्वागत मन्तब्य दिएका थिए ।

यो पनि पढ्नुहोस्- शिक्षामा दोब्बर लगानी नबढाएसम्म गुणस्तर बढ्दैन : गगन थापा


प्रतिकृया दिनुहोस्