Hamro Sanchar

मुख्यमन्त्री केजरीवालले आज पदबाट राजीनामा दिदै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असोज, १ गते


Advertisement

काठमाडौं । भारतको नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आज पदबाट राजीनामा दिने तयारी गरेका छन् ।

मंगलबार मध्याह्न १२ बजेतिर बोलाइएको विधायक दलको बैठकबाट नयाँ मुख्यमन्त्रीको नाम तय गरिनेछ ।

दिल्ली मदिरा नीति प्रकरणमा पक्राउ परेका केजरीवाल यही सेप्टेम्बर १३ मा रिहा भएका थिए । उनी सर्वोच्च अदालतको आदेशपछि जमानतमा रिहा भएका हुन् । सेप्टेम्बर १५ मा उनले मुख्यमन्त्रीबाट राजीनामा दिने घोषणा गरेका थिए ।

“म इमानदार छु वा छैन अब जनताले तय गर्नेछन् । ममाथि लागेको दाग धोएर जनताले विधानसभामा जिताए भने फेरि कुर्सीमा बस्नेछु,” उनले भनेका थिए ।


प्रतिकृया दिनुहोस्