Skip
आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

सुनको मूल्य दिनदिनै उकालो, अहिलेसम्मकै सर्वाधिक महँगो रेकर्ड

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ भदौ, ३१ गते


Advertisement

काठमाडौं । सुनको मूल्यले आज फेरि अहिलेसम्मै सर्वाधिक महँगो रेकर्ड कायम गरेको छ। विगत तीन दिनदेखि सुनको मूल्य लगातार बढिरहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा पाँचसय रुपैयाँ बढेर एक लाख ५७ हजार तीन सय रुपैयाँ पुगेको छ। आइतबार सुन प्रतितोला १ लाख ५६ हजार ८ सय रुपैयाँ थियो।

सुनको आज कायम मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो।

शुक्रबार एकैदिन तीन हजार रुपैयाँले बढेर सुन प्रतितोला १ लाख ५६ हजार ३ सय रुपैयाँ पुगेको थियो। त्यसयता लगातार सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेको छ।

चाँदीको मूल्य पनि आज बढेको छ। आज चाँदी तोलाको एक हजार नौ सय १५ रुपैयाँ कायम भएको छ। हिजो चाँदीको मूल्य एक हजार नौ सय थियो। चाँदी आज तोलाको १५ रुपैयाँ बढेको हो।

शुक्रबार चाँदीको मूल्य १ हजार ८ सय ६० रुपैयाँ थियो ।


प्रतिकृया दिनुहोस्