Skip
आज : २०८३ आश्विन २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

आइसिसी विश्वकप लिग-२ : नेपालले आज क्यानडासँग खेल्दै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ भदौ, ३१ गते


Advertisement

काठमाडौं । आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपालले आज क्यानडासँग खेल्दैछ।

क्यानडाको ओन्टेरियोमा नेपाली समयअनुसार आज बेलुकी ७स्४५ बजे खेल सुरू हुनेछ।

लिग-२ अन्तर्गत ओमान र क्यानडाविरूद्धको त्रिकोणात्मक सिरिजि खेल्न भदौ २५ गते नेपाली टोली प्रस्थान गरेको थियो।

त्रिकोणात्मक एकदिवसीय सिरिज असोज १० गतेसम्म चल्नेछ। नेपालले दोस्रो खेल असोज २ गते ओमानसँग खेल्नेछ।

असोज ६ गते फेरि क्यानडासँग र असोज ८ गते पुनः ओमानसँग खेल्नेछ।

एकदिसवीय सिरिजपछि असोज १२ गते क्यानडामै नेपालले त्रिकोणात्मक टी-२० सिरिज खेल्नेछ। त्रिकोणात्मक टी-२० सिरिज खेलेपछि नेपाली टोली अमेरिका भ्रमणमा जानेछ। त्यहाँ नेपाल, अमेरिका र स्कटल्यान्डबीच खेल हुनेछ।

अमेरिका भ्रमणमा पनि नेपालले लिग-२ को त्रिकोणात्मक सिरिज र टी-२० त्रिकोणात्मक सिरिज गरी दुई सिरिज खेल्नेछ।

लिग-२ को सिरिज अमेरिकाको टेक्सासस्थित ह्युस्टनको प्रिएरी भ्यूमा हुने तय भएको छ। सबै खेल अमेरिकाको स्थानीय समयअनुसार विहान १०:३० र नेपाली समयअनुसार राति सवा १० बजे सुरु हुनेछ।

तालिकाअनुसार लिग-२ नेपालले २७ अक्टोबरमा (कात्तिक ११) अमेरिकासँग, २९ अक्टोबरमा (कात्तिक १३) स्कटल्यान्डसँग, २ नोभेम्बरमा (कात्तिक १७) फेरि अमेरिकासँग र अन्तिम खेलमा ४ नोभेम्बरमा (कात्तिक १९) स्कटल्यान्डसँग प्रतिस्पर्धा हुनेछ।

लिग-२ को एकदिवसीय सिरिज पछि तीनै टोलीबीच टी-२० सिरिज हुनेछ।

लिग(२ मा अहिलेसम्म नेपालले पहिलो सिरिजको चार खेल खेलेको छ।

जसमा नेपालले एक खेलमा मात्र जित निकालेको छ। गत फेब्रुअरीमा घरेलु मैदानमा नामबिया र नेदरल्यान्ड्सबिरुद्धको चार खेल मध्ये नेपाल तीन खेलमा पराजित भएको थियो।

नेपाली टिमः

रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्सन झा, रिजन ढकाल, सन्दीप लामिछाने, ललित राजवंशी, देव खनाल (ट्राभलिङ रिजर्भ)


प्रतिकृया दिनुहोस्