Hamro Sanchar

अर्थले डीडीसीलाई ६० करोड ऋण दिने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ भदौ, १७ गते


Advertisement

लकाठमाडौं । अर्थ मन्त्रालयले शर्तसहित दुग्ध विकास संस्थान (डीडीसी)लाई ६० करोड रुपैयाँ ऋण दिने भएको छ ।

अर्थबाट सो रकम बराबरको ऋण लिने गरी मन्त्रिपरिषद्‌मा प्रस्ताव पेश गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई अर्थले सहमति दिएको हो । डीडीसीले यो रकम तत्कालका लागि किसानहरूलाई दूधको बाँकी रकम भुक्तानीमा प्रयोग गर्नुपर्नेछ ।

चालु आर्थिक वर्षका लागि डीडीसीको नाममा ऋण लगानी अन्तर्गत १ करोड रुपैयाँ बजेट व्यवस्था भएकोमा कृषि मन्त्रालयमा विनियोजित रकमबाट थप ५९ करोड रुपैयाँ रकमान्तर गरी कुल ६० करोड ऋण लगानी गर्ने गरी मन्त्रिपरिषमा प्रस्ताव पेश गर्न सहमति दिइएको हो ।

यस सम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्‌बाट स्वीकृत भएपछि सरकारले संस्थानमा ऋणको रुपमा लगानी गर्नेछ ।

डीडीसीबाट दूधको भुक्तानी नपाएको भन्दै किसानले भुक्तानी माग गर्दै आएका छन् ।

किसानलाई दूधको बाँकी रकम भुक्तानी गर्ने विषयमा उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल, कृषिमन्त्री रामनाथ अधिकारी, डीडीसीका अधिकारीबीच पटक पटक छलफल भएको थियो ।


प्रतिकृया दिनुहोस्