Skip
आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

१७ देशका लागि प्रस्तावित राजदूतहरूको आज सुनुवाइ हुँदै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ भदौ, १६ गते


Advertisement

काठमाडौँ । संसदीय सुनुवाइ समितिको आजको बैठकमा प्रस्तावित राजदूतहरूको सुनुवाइ हुने भएको छ ।

बिहान ११ बजे बस्ने बैठकमा विभिन्न देशका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ गर्ने कार्यसूची छ।

यसअघि गत शुक्रबार समितिले विभिन्न १७ देशका लागि प्रस्ताव गरेका राजदूतमाथि उनीहरू अयोग्य रहेको उजुरी गर्ने उजुरी कर्ताहरूसँग छलफल गरेको थियो ।

राजदूतहरूबारे २४ गते र २५ गते छलफल गरी निर्णय सुनाइने कार्यतालिकामा उल्लेख छ । भदौ २१ गते तिज, २२ गते शनिबार र २३ गते पञ्चमीको बिदा परेकाले त्यसअघि र पछि गरी ८ दिनमा संसदीय सुनुवाइ प्रक्रिया सम्पन्न गर्ने कार्ययोजना समितिले तय गरेको छ ।


प्रतिकृया दिनुहोस्