Skip
आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

सेफ्टी ट्यांकीभित्र निस्सासिएर ३ जनाको मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ भदौ, १४ गते


Advertisement

काठमाडौं, भदौ १४- नवलपुरको विनयी गाउँपालिका- ७ रानीनगरमा निर्माणाधीन सेप्टि ट्यांकीमा निसास्सिएर ३ जनाको मृत्यु भएको छ।

निर्माणाधीन घरको ट्वाइलेटको सेप्टिक ट्यांकभित्र काम गर्ने क्रममा तीनजनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा सोही घरका घरधनीका छोरा ३८ वर्षीय छोरा प्रकाशसिंह क्षेत्री, छिमेकी १९ वर्षीय गणेश बोगटी र पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका-७ का २८ वर्षीय मोहम्द राजा रहेका छन्।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक नरहरी रेग्मीले दिएको जानकारी अनुसार, वडा नम्बर ७ स्थित रानीनगर भन्ने ठाउँमा निर्माणाधीन घरको ट्वाइलेटको सेप्टिक ट्यांकभित्र काम गर्न पसेका उनीहरू बेहोस भएका थिए।

बेहोस भएपछि अस्पताल लगिएको र अस्पतालले नै मृत घोषणा गरेको उनले बताए।

प्रकाशको परासीस्थित जिल्ला अस्पताल पृथ्वीचन्द्र अस्पतालमा, बोगटी र मोहम्मद राजाको भीम अस्पताल भैरहवामा मृत्यु भएको प्रहरीले जनाएको छ।


प्रतिकृया दिनुहोस्