Skip
आज : २०८३ कार्तिक १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

यो वर्षको मदन पुरस्कार मोहन मैनालीको मुकाम रणमैदानलाई

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ भदौ, १४ गते


Advertisement

काठमाडौं । २०८० सालको मदन पुरस्कार लेखन मोहन मैनालीको कृति मुकाम रणमैदानले पाउने भएको छ। मदन पुरस्कार गुठीको आज बसेको बैठकअनुसार योपटकको मदन पुरस्कार पुस्तक मुकाम रणमैदान दिने निर्णय गरेको हो।

बैठकले मदनपुरस्कारसहित जगदम्बा श्री पुस्कारको पनि घोषणा गरेको छ। प्रा.डा.योगेन्द्रप्रसाद यादवलाई जगदम्बा श्री पुरस्कार दिने निर्णय गरिएको छ।

यसवर्षको पुरस्कार निर्णयबारे मदन पुरस्कार गुठिका अध्यक्ष कुन्द दीक्षितले जानकारी गराएका छन्।

मदन पुरस्कार गुणीले मदन पुरस्कार २०७७ का लागि विभिन्न ५ वटा पुस्तक छनोट गरेको थियो।

उत्कृष्ट पाँचमा परेका कृतिमा मुकाम रणमैदानसहित भक्त स्याङतानको ‘डम्फुको आत्मालाप’, जीवन क्षेत्रीको ‘नुन–तेल’, भावेश भुमरी र प्रणिता चामलिङको ‘भावलिपि’, र रोशन थापा ‘नीरव’को ‘सन्त्रासका साठी दिन’ परेका थिए।

दुवै पुस्कारको राशि चार–चार लाख रुपैयाँ तोकिएको छ।


प्रतिकृया दिनुहोस्