Skip
आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

ओली र देउवाविरुद्ध नारावाजी गर्दा पक्राउ परेका युवालाई छाड्न रास्वपाको माग

सिंहदबारभित्रका बेमानहरूलाई खबरदारी गर्दा समाउन नपाइने तर्क

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ भदौ, १२ गते


Advertisement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले गौरा पर्वको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको विरोध गरेकै आरोपमा युवाहरूलाई पक्राउ गरेकोप्रति असन्तुष्टि जनाएको छ । प्रतिनिधिसभाको बैठकमा सांसद हरि ढकालले युवाहरूलाई समातेर सरकारले गलत गरेको बताए

उनले भने, ‘गौरा पर्वको अवसरमा आयोजित कार्यक्रममा युवाहरूले विरोध भाषणा गरे, यसलाई अराजकता अनेक अनेक बहाना लगाएर भिडिओ फुटेजहरु हेरेर युवा साथीहरूलाई हिरासतमा राख्न थालेको रहेछ । यो गलत भएको छ । विरोधका बोलीहरु त्यो पनि युवाले राखेको छ । राज्यले सुन्नसक्ने धैर्यता राख्नसक्नुपर्छ ।’

स्वदेशमा रोजगारी र अवसरबाट वञ्चित बनाइएका युवाहरूले सिंहदबारभित्रको बेमानहरूलाई खबरदारी गर्दै गर्दा समाउन नपाइने उनको तर्क छ ।

उनले थपे, ‘ती युवाहरूको तत्काल रिहाको माग गर्छु । स्टाटस लेखेकै भरमा युवाहरूलाई समेतको कुरा आएको छ, कमिलाको उड्ने बेलामा प्वाँख पलाउँछ त्यस्तो नहोस्, हामी पनि यो विषयमा संवेदनशील छौं तर सरकारले यो रवैया देखायो भने कमिलाको प्वाख पलाएको जस्तो छ ।’

उनले क्यामेरामा देखिएको युवामात्रै नभएर टुँडिखेलाभरीका सबैलाई समातेर देखाउन गृहमन्त्रीलाई चुनौती दिए ।


प्रतिकृया दिनुहोस्