Skip
आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

आज सुनको मूल्य सामान्य घट्यो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ भदौ, १० गते


Advertisement

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुन-चाँदीको मूल्य सामान्य घटेको छ।

आइतबार प्रतितोला एक हजार रूपैयाँ बढेको सुनको भाउ आज प्रतितोला एक सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५२ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ।

आइतबार छापावाल सुन प्रतितोला एक लाख ५२ हजार चार सय रूपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि घटेको छ।

आइतबार प्रतितोला एक हजार आठ सय ५० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला एक हजार आठ सय ४० रूपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ घटेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २५ सय १० अमेरिकी डलरमा कारोबार भइरहेको छ।


प्रतिकृया दिनुहोस्