काठमाडौं, भदौ ८- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारप्रति आशावादी बन्न आग्रह गरेका छन् । काठमाडौंमा आयोजित युथ कन्क्लेभ कार्यक्रममा सहभागी युवाले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सरकारप्रति भरोसा गर्न आग्रह गरेका हुन् ।
वर्तमान सरकार केही काम गर्नका लागि बनेको उल्लेख गदै उनले त्यसैका लागि आफू फेरि प्रधानमन्त्री बनेको ओलीको दाबी छ । आफू यो उमेर पनि देशमा परिवर्तन ल्याई छोडने उद्देश्यका लागि सरकारको नेतृत्वमा आएको प्रधानमन्त्रीको भनाइ छ ।
प्रधानमन्त्री ओलीले स्वदेश फर्कन चाहने युवाका लागि सरकारले स्वदेशमा रहनका लागि आवश्यक व्यवस्था गर्ने आश्वासन पनि दिए ।