Skip
आज : २०८३ आश्विन २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ भदौ, ७ गते


Advertisement

काठमाडौं । कांग्रेस केन्द्रीय समिति बैठक शुक्रबार बस्दैछ।
साउन २३ गतेदेखि सुरू भएको केन्द्रीय कार्यसमिति बैठक साउन २८ गतेसम्म बसेर स्थगित भएको थियो।

सोही बैठकको निरन्तरता दिँदै शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपमा बिहान ११ बजेदेखि बैठक सुरू हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

महासमितिले पारित गरेका एजेन्डालगायत ११ विषयमाथि केन्द्रीय समितिमा साउन २३ गतेदेखि छलफल भइरहेको थियो।

ती विषयहरूमा केही केन्द्रीय सदस्यहरूले धारणा राखिसकेका छन् भने राख्न बाँकी भएकाहरूले आजदेखि निरन्तरता हुने बैठकमा धारणा राख्नेछन्।

कांग्रेसमा अहिले १३ पदाधिकारीसहित १६८ सदस्यीय केन्द्रीय समिति छ। केन्द्रीय समितिमा पदाधिकारीहरूले धारणा राख्न बाँकी नै छ।


प्रतिकृया दिनुहोस्