Skip

Hamro Sanchar

तोलामा ११ सय रुपैयाँले घट्यो सुनको मुल्य

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ भदौ, ६ गते


काठमाण्डौ । मङगलबार अहिलेसम्मकै उच्च मूल्य भएको सुन आज तोलामा ११ सय रुपैयाँले घटेको छ ।

आज सुन तोलाको एक लाख ५१ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन अहिलेसम्मकै उच्च तोलाको एक लाख ५३ हजार रुपैयाँ भएको थियो ।

त्यस्तै आज चाँदी पनि घटेको छ । आज चाँदी पाँच रुपैयाँले घटेर तोलाको एक हजार आठ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।


प्रतिकृया दिनुहोस्