Skip
आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

उच्च शिक्षा अध्ययनका लागि विद्यार्थीले विदेश लगे १ खर्ब २५ अर्ब रुपैयाँ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ भदौ, २ गते


Advertisement

काठमाडौं । नेपाली विद्यार्थीले उच्च शिक्षा अध्ययन गर्न विदेश जाँदा १ खर्ब २५ अर्ब रुपैयाँ खर्च भएको छ।

वर्षमा सेवा खाताअन्तर्गत भ्रमण व्यय ३१.१ प्रतिशतले वृद्धि भई १ खर्ब ८९ अर्ब ४३ करोड पुगेकोमा शिक्षातर्फको व्यय १ खर्ब २५ अर्ब १३ करोड बाहिरिएको हो।

अघिल्लो वर्ष भ्रमण व्यय १ खर्ब ४४ अर्ब ५२ करोड रहेकोमा शिक्षातर्फको व्यय १ खर्ब ४२ करोड रहेको थियो।

आर्थिक वर्ष २०८०र८१ मा खुद सेवा आय ५५ अर्ब ८६ करोडले घाटामा रहेको छ।

अघिल्लो वर्ष खुद सेवा आय ७९ अर्ब ८९ करोडले घाटामा रहेको छ।

असारसम्म सेवा खाताअन्तर्गत भ्रमण आय ३२।१ प्रतिशतले वृद्धि भई ८२ अर्ब ३३ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आय ६२ अर्ब ३० करोड रहेको थियो।


प्रतिकृया दिनुहोस्