काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आइतबार नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च कायम भएको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबारका लागि छापावाल सुनको भाउ प्रतितोला १ लाख ५२ हजार ६ सय तोकिएको छ ।
शुक्रबारको तुलनमा सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले बढेको हो । शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यसअघि साउन २९ गते नेपाली बजारमा सुनको मूल्यले रेकर्ड राखेको थियो । उक्त दिन छापावाल सुन प्रतितोला १ लाख ५० हजार ८ सयमा खरिदबिक्री भएको थियो ।
त्यस्तै आइतबार चाँदीको मूल्य पनि प्रतितोला ५० रुपैयाँले बढेको छ । शुक्रबार १ हजार ५ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार १ हजार ८ सय १० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।