Skip
आज : २०८३ आश्विन १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

फेरि डेढ लाखनजिक पुग्यो सुनको मूल्य

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ साउन, १७ गते


Advertisement

 

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य फेरि रेकर्ड नजिक पुगेको छ।

आज सुनको भाउ अघिल्लो दिनको तुलनामा प्रतितोला एक हजार छ सय रूपैयाँ बढेर रेकर्ड नजिक पुगेको छ।

यसअघि गत साउन २ गते सुनको भाउ प्रतितोला एक लाख ४९ हजार आठ सय रूपैयाँ पुगेर ऐतिहासिक रेकर्ड बनाएको थियो।

आज सुन प्रतितोला एक लाख ४९ हजार चार सय रूपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला चार सय रूपैयाँ कम हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ।

बुधबार छापावाल सुन प्रतितोला एक लाख ४७ हजार आठ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४७ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १८ सय रूपैयाँमा कारोबार भइरहेको छ।

बुधबार चाँदी प्रतितोला १७ सय ८० रूपैयाँमा कारोबार भएको थियो।बुधबारको तुलनामा बिहीबार चाँदी प्रतितोला २० रूपैयाँ बढेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २४ सय ४८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।


प्रतिकृया दिनुहोस्