काठमाडौं, साउन ५- अमेरिकी डलर अहिलेसम्मकै उच्च मूल्यमा कारोबार भएको छ ।
नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि एक अमेरिकी डलरको बिक्री मूल्य १३४ रुपैयाँ १५ पैसा तोकेको थियो । खरिद दर १३३ रुपैयाँ ५५ पैसा थियो, जुन अहिलेसम्मकै उच्च हो ।
डलरको मूल्यमा नयाँ रेकर्ड बन्दा नेपाली मुद्राको अवमूल्यन भएको छ । भारतीय मुद्रा कमजोर हुँदा डलरको मूल्य बढेर नेपाली रुपैयाँ सबैभन्दा सस्तो दरमा ओर्लेको हो । नेपाली रुपैयाँ र भारतीय मुद्राबीच स्थिर विनिमय दर कायम छ ।
डलरको मूल्यवृद्धिले नेपाल भित्रिने रेमिट्यान्सका लागि सकारात्मक प्रभाव पर्छ तर आयातदेखि अन्तर्राष्ट्रिय ऋणको ब्याजलाई असर गर्ने बताइन्छ ।