आज : २०८१ आश्विन ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

मनकामना चर्च ब्वाइज युनाइटेड क्लबका खेलाडीहरुलाई जया बहुमुखी क्याम्पस प्रमुख पौडेलद्वारा जर्सी हस्तान्तरण

सुदिप बर्देवा प्रकाशित : २०८१ असार, ३१ गते


Advertisement

काठमाडौं, असार ३०- मनकामना चर्च बोइज युनाइटेड क्लबको एकेडेमीक पाट्नर जया बहुमुखी क्याम्पस र मनकामना सेकेण्डरी स्कुलले खेलाडीलाई जर्सी हस्तान्तरण गरेका छन् ।

गोकर्णेश्वर नगरपालिका- ८ माकलबारीमा रहेको जया बहुमुखी क्याम्पसमा शनिबार आयोजना एक कार्यक्रमकाबीच क्याम्पसका प्रमुख भवानी प्रसाद पौडेलले  क्लबका टीम क्याप्टेन रोशन तामाङलाई जर्सी हस्तान्तरण गरेका हुन ।

 

 

जर्सी हस्तान्तरण कार्यक्रममा बोल्दै पौडेलले “ललित स्मृति एन्फा यु–१८ युथ लिग” प्रतियोगिता खेल्न गईरहेको मनकामना चर्च बोइज युनाइटेड क्लबका खेलाडीहरुलाई जितको शुभकामना दिएका छन् । उनले भने, “खेलाडी भाईहरु, तपाईहरुले खेल मार्फत आफ्नो भविष्य निर्माण गर्न राम्रो अवसर प्राप्त गर्नु भएको छ । यो अवसर यहाहरुलाई चर्च बोइज युनाइटेड क्लबले दिएको छ । तपाईहरुले आफु भित्रको क्षमता देखाउने प्रतियोगिता “ललित स्मृति एन्फा यु–१८ युथ लिग” हो । यस प्रतियोगिताले तपाईहरुको खेल जीवनको आगामी बाटो निर्धारण गर्ने छ । त्यसैले तपाईहरुलाई म भन्न चाहान्छु, प्रतियोगिता अवधिभर तपाईहरुले अत्यन्तै अनुशासनमा रहेर आफ्नो प्रदर्शन दिनु पर्ने छ ।”

क्याम्पस प्रमुख पौडेलले नेपालको खेल क्षेत्रमा चर्च बोइज युनाइटेड क्लबका व्याबस्थापकहरुले पुर्याएको योगदानलाई शब्दमा बर्णन गर्न नसकिने समेत बताए ।

यस्तै मनकामना सेकेण्डरी स्कुलका सीईओ तथा चर्च बोइज युनाइटेड क्लबका उपाध्यक्ष जनन देवकोटाले जया बहुमुखी क्याम्पस र मनकामना सेकेण्डरी स्कुलले चर्च बोइज युनाइटेड क्लबलाई  एकेडेमीक पाट्नरको रुपमा प्रस्तुत गरेको र यसपटक आफ्नो टिमले राम्रो खेल्ने बिश्वास व्यक्त गरे ।

यस्तै चर्च बोइज युनाइटेड क्लबका अध्यक्ष टंकलाल राईले यसपटकको ललित स्मृति एन्फा यु–१८ युथ लिगमा आफ्नो टीमले राम्रो प्रदर्शन गर्ने बिश्वास गरे । खेलाडीले अभ्यास खेलमा राम्रो मिहेनत गरेको र त्यसको परिणाम प्रतियोगिताबाट निस्कने उनको भनाई छ ।

यस्तै क्लबका हेड कोचले आफ्नो टीम अत्यन्तै बलियो भएकोले यसपटकको उपाधी चुम्न सक्ने आधार रहेको बताए ।

चर्च बोइज युनाइटेड क्लबका टीम क्याप्टेन रोशन तामाङले टीममा सबैजना राम्रो राम्रो प्लेयर भएको र अत्यन्तै मिहिनेती भएकोले ललित स्मृति एन्फा यु–१८ युथ लिग जित्ने विश्वास व्यक्त गरे ।

 

ललित स्मृति एन्फा यु–१८ युथ लिग आज बाट सुरु हुदैछ । यस पटक गत सिजन ए डिभिजन लिग खेलको १२ क्लब एपीएफ फुटबल क्लब, चर्च बोइज युनाइटेड, एफसी खुमलटार, जावलाखेल युथ क्लब, मच्छिन्द्र फुटबल क्लब, मनाङ मस्र्याङ्दी क्लब, नेपाल पुलिस क्लब, न्युरोड टिम, संकट क्लब, सातदोबाटो युवा क्लब, थ्री स्टार क्लब र त्रिभुवन आर्मी फुटबल क्लब प्रतियोगितामा भाग लिएका छन्।

प्रतियोगिताको तयारीबापत सहभागी क्लबले ३ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। लिगका खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुनेछन्। सहभागी १२ क्लबले उपाधि जित्ने शीर्ष टोलीले डबल राउन्ड रोबिन ढाँचामा एक अर्कासँग खेल्नेछन्।

लिगको च्याम्पियनले एक लाख र उपविजेताले ५० हजार रुपैयाँ पाउनेछन्। मोस्ट भ्यालुएबल खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरले जनही १५ हजार रुपैयाँ पाउनेछन्।


प्रतिकृया दिनुहोस्