
काठमाडौं, असार २६- बास्तबमा +२ को ११ र १२ कक्षा विद्यार्थी जीवनको निमित्त अति नै महत्त्वपूर्ण तह हो। परिबर्तित शैक्षिक योजना अनुसार बिद्यालय तहको अन्तिम खुट्किलो कक्षा १२ लाई बनाइदैछ। बिगतमा कक्षा १० को एसईई लाई बिद्यालय तहको अन्तिम खुट्किलो मानिन्थ्यो । तर अहिलेको कक्षा १२ मा एसईई सरहको माध्यमिक तहको स्तरिकृत परीक्षा कक्षालाइ मानिदै छ । त्यसरी नै परीक्षा प्रणालीमा पनि परिबर्तन गरिदैछ।
अब केही बर्षपछि एसईई स्तरको परीक्षा कक्षा १२ मा हुने छ। अब एसईई परीक्षा भनेको कक्षा १२ को परिक्षालाइ मानिने छ।यो परिवर्तित शैक्षिक प्रणालीमा अबबाट कक्षा १२ सम्मको तहको पढाइ बिद्यालय तहमा समेटिएको र त्यसैगरि पाठ्यक्रम पाठ्यपुस्तक परिमार्जन र परिबर्तन भइसकेको छ। विद्यार्थी जीवनको लागि माद्यामिक तहको शिक्षा अपरिहार्य र अनिवार्य बन्दै गर्दा कक्षा १२ पास नगरे सम्म बिद्यार्थीहरुको उच्च शिक्षाको ढोका खुल्दैन र जागिर खानका लागि पनि कक्षा १२ अनिवार्य उतिर्ण गर्न पर्ने हुन्छ।
त्यसैले कक्षा १२ सम्मको पढाइ जीवनको लागि अनिवार्य मात्र होइन जीवनयापन र रोजी-रोटीका लागि पनि उतिर्ण हुनै पर्ने छ। त्यसकारण कक्षा १२ को अध्ययन अध्यापन र परीक्षालाई महत्वका साथ लिइएकोछ। एक प्रकारले शैक्षिक फाँटमा कक्षा १२ पास गर्दा साक्षरता हुने र कक्षा १२ पास नहुँदा निरक्षर जस्तो ठानिन्छ।
१२ कक्षाको पढाइ राम्रो गर्छु र रिजल्टमा उच्च नतिजा ल्याउने लक्ष्यका साथ पढ्न पर्ने हुन्छ भनेर+२ पढ्ने स्कुल रोज्नु पर्दछ। त्यसैले अब एसईई पास गरेर कक्षा ११ र १२ पढ्ने स्कुल रोज्दा नतिजा राम्रो दिइरहेको+२ तहको अध्ययन गर्ने बिद्यालय रोज्नु पर्दछ।
बिषयगत शिक्षकहरुको टिम कस्तो छ? बिशेष अनुभवी, योग्य र स्थायी रुपको शिक्षक समूह छ की छैन र बिद्यार्थीहरुलाई कक्षा ९ र १० को झै बिशेष कक्षामा राखेर पढाउने व्यवस्था छ की छैन? त्यो बुझ्नु पर्दछ। बिशेष ढंगले पढाउने र उत्कृष्ट नतिजा दिलाउने गरि पढाउने ब्यबस्था मिलाउने विद्यालय रोज्नु जरुरी छ। विद्यार्थीहरु एसईई पास गरेपछि क्याम्पस तहमा पुगेको महसुस गर्ने गर्दछन्। बिद्यालय र कलेजले पनि कलेज स्तरको बाताबरणले पढाउने जुन अभ्यास भैरहेको छ त्यसले कक्षा १० को एसईई जस्तै परीक्षाबाट राम्रो नतिजा आउन सक्दैन। उच्च शिक्षाको नतिजा बिगतको भन्दा अझै खस्कने देखिन्छ। त्यसैले बिद्यार्थी जीवनमा माध्यमिक तह कक्षा १२ सम्म स्कुल स्तरको झै पढाई गर्न आबश्यक छ ।
त्यो आबश्यकतालाई काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ३ भद्रबासमा रहेको श्री आदर्श माध्यमिक विद्यालयले अविछिन्न पूरा गर्दै आएको छ। +२ तहको नतिजामा उत्कृष्ट रिजल्ट दिने बिद्यालयको सुचीमा नामांकित भएको यो विद्यालयले कक्षा ११ र १२ को पढाइलाई विगत वर्ष देखि नै विद्यालय तहको वातावरण र अब्बल नतिजा बनाउन सफल भएका छ। +२ पास गरेर कक्षा ११ मा भर्ना हुन चाहनेले Science, Management, humanities r education विषय लिएर अध्ययन गर्न पाईने र एसईईमा ल्याएको जीपीए भन्दा राम्रो जीपीए ल्याएर कक्षा १२ उत्तिर्ण गराउने गरेको यस आदर्श मावि रोज्दा सफलताको ऐतिहासिक मार्गलाई सफलतापूर्वक आफ्नो शैक्षिक गन्तव्यमा पुगेका उदाहरणहरु छन्।
बिद्यालय तहको उत्कृष्ट शैक्षिक बातावरण, सुयोग्य, अनुभवी स्थायी शिक्षक समूह रहेको बिद्यालय भएकोले निरन्तर उत्कृष्ट रिजल्ट दिदै आएको छ। बिगत ४ बर्षदेखी न्यूनतम शुल्कमा Science बिषय अध्यापन गराउदै आएको विद्यालय नगरपालिकाकै उत्कृष्ट २०७३ र २०७५ विद्यालय बन्न सफल भएको थियो।
अभिभावक, विद्यार्थी र शिक्षक समूहसँग समन्वयात्मक भूमिका खेल्न सक्ने अनुभवी शैक्षिक प्रशासक र प्रचार्य भएको यस नमुना माविमा विद्यार्थीहरुको समुज्ज्वल भबिश्य निर्माण गर्ने, गराउने सन्दर्भमा अग्रसर रहेको पाइन्छ।


















