Skip

Hamro Sanchar

एमाले कृष्णपुरले २६ विद्यालयका उत्कृष्ट विद्यार्थीलाई गर्‍यो सम्मान

प्रकाश नाथ योगी प्रकाशित : २०८१ असार, २३ गते


कंचनपुर, असार २२- नेकपा एमाले कृष्णपुर नगर कमिटीले २०८० सालको एसइई परिक्षामा सामेल सामुदायिक र संस्थागत २६ बिद्यालयका उत्कृष्ट अंक ल्याउने विद्यार्थी र अभिभावकलाई सम्मान गरेको छ ।

शुक्रबार हरियाली सामुदायिक वनको सभा हलमा कार्यक्रम गरेर २६ सामुदायिक र संस्थागत विद्यालयका २६ छात्रछात्रालाई सम्मान गरेको हो ।

कार्यक्रमको अध्यक्षता नगर कमिटी अध्यक्ष कुबेर खड्काले गरेका थिए भने प्रमुख अतिथि नेकपा एमाले पोलिटब्युरो सदस्य एवम् सुदुरपश्चिम सरकारका मुख्यमन्त्री राजेन्द्र सिंह रावल रहेका थिए ।

एमाले केन्द्रिय सदस्य नरबहादुर धामी, सुदुरपश्चिम प्रदेश कमिटी सदस्य मोहन रावल, गणेश सिंह ऐरी, जिल्ला कमिटि अध्यक्ष लक्ष्मी बुढा, सुदुरपश्चिम प्रदेश सल्लाहकार परिषद सदस्य कर्ण हमाल, कृष्णपुर नगर इन्चार्ज लोकराज पन्त, सह-इन्चार्ज तेज बिक, जिल्ला कमिटी सदस्य अमर जंग शाही, नबराज खडका, लक्ष्मण बहादुर कार्की, हेम राज पान्डे, अनेरास्ववियु कंचनपुरका अध्यक्ष अमर सिंह धामी, सहसचिब दिपक अवस्थी, कन्चन बहुमुखी क्याम्पसका स्वबियु सभापती देब जंग साउदको उपस्थिति रहेको थियो ।


प्रतिकृया दिनुहोस्