Hamro Sanchar

सगरमाथाको दृश्य हेर्ने ठाउँमा हानाहान

एजेन्सी प्रकाशित : २०८१ असार, २१ गते


Advertisement

काठमाडौं, असार २०- सगरमाथाको दृश्य हेर्ने ‘प्लेटफर्म’मा दुईजोडी पर्यटक गएको जुन २५ मा हात हालाहालमा उत्रिएको पाइएको छ । सामान्य विषयमा असमझदारी हुँदा उनीहरू कुटपिटमा उत्रिएका हुन् ।

उक्त झगडाको भिडियो पनि सार्वजनिक भएको छ । चिनियाँजस्ता लाग्ने उनीहरू तिब्बतको साइडमा त्यसरी झगडा गरेका हुन् ।

एक टुर गाइडले फोटोका निम्ति उनीहरूलाई पोज दिन भनेका थिए । त्यसैक्रममा राम्रो दृश्य कतातर्फबाट देखिन्छ भन्ने विषयमा उनीहरूबीच झगडा परेको जनाइएको छ ।

दुई पक्षबीचको झगडा निकै हिंस्रक भएको थियो । एक पुरुषले प्लेटफर्ममा तलमाथि गर्दै ‘पन्च’ हानेका थिए । एक महिलाले ती पुरुषलाई तान्ने प्रयास गरेको देखिन्छ । अर्की महिला भने झगडामा उत्रिएर पुरुषलाई ‘किक’ हानिरहेकी थिइन् ।

सगरमाथा बोर्डर पुलिस क्याम्पले तत्कालै उक्त घटनामा हस्तक्षेप गरी झगडा गर्ने युवायुवतीलाई छुट्ट्याएको थियो । चारैजनालाई प्रहरीले थप अनुसन्धानका निम्ति हिरासतमा लिएको थियो ।

उनीहरूलाई के गरिन्छ भन्ने बारेमा पछि जानकारी गराइने त्यसअवसरमा बताइएको थियो । कोरोना सुरु भएपछि चीनतर्फबाट सगरमाथा आरोहण बन्द गरिएकामा यसपालि गएको अप्रिलमा खुला गरिएको थियो ।


प्रतिकृया दिनुहोस्