Hamro Sanchar

प्रधानमन्त्रीको भारत भ्रमणबारे जानकारी गराउन एमालेको माग

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ जेठ, २९ गते


Advertisement

काठमाडौं, जेठ २९- नेकपा (एमाले) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड)ले हालै गरेको भारत भ्रमण र समकक्षी नरेन्द्र मोदीसँग भएको कुराकानीको जानकारी सदनलाई गराउन माग गरेको छ ।

मंगलबार प्रतिनिधि सभामा समय लिएर बोल्दै एमाले सांसद रघुजी पन्तले भारत भ्रमणमा भएको कुराकानीको जानकारी गराउन माग गरेका हुन् ।

‘उहाँ (प्रधानमन्त्री प्रचण्ड) ले हिजो आएर अखबारहरूसँग बोलेका कुरा हेरेँ । कुनै कुरा बाँकी छैन । सबै विषयमा कुरा भयो । हाम्रो सम्बन्ध मित्रतापूर्ण ढंगले अगाडि बढिरहेको छ भन्नुभयो । योभन्दा अगाडि पनि यसै भन्नुहुन्थ्यो । उहाँभन्दा अगाडिका प्रधानमन्त्रीले पनि त्यसै भन्नुभयो । तर सीमाका समस्या त्यत्तिकै छ । इपिजीको प्रतिवेदन त्यत्तिकै छ । सन् १९५० को सन्धिको विषय त्यत्तिकै छ । भारतसँग हाम्रा समस्याहरू जस्ताको तस्तै छन्,’ उनले भने ।

उनले प्रधानमन्त्रीबाट जवाफका लागि सभामुखबाट रुलिङको पनि माग गरे ।


प्रतिकृया दिनुहोस्