Hamro Sanchar

झोलुंगे पुलमा फसेका दुई खच्चड मरे, ८ खच्चडको उद्धार

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ जेठ, २७ गते


सुर्खेत, जेठ २७- कर्णाली नदीमाथिको झोलुंगे पुलमा फसेका १३ मध्ये दुई वटा खच्चड मरेका छन् । उद्धारका क्रममा दुई वटा खच्चडलाई बचाउन नसकिएको आठबीस नगरपालिका–६ का अध्यक्ष नवराज शर्माले जानकारी दिए । उनकाअनुसार एक खच्चड पुलमै मरिसकेको थियो भने अर्को जाली काटेर नदीमा झारेपछि मरेको हो ।

८ वटा खच्चडको उद्धार गरिएको उनले बताए । आइतबार बिहानै अछामको पञ्चदेवल नगरपालिका र दैलेखको आठबीस नगरपालिका जोड्ने कर्णाली नदीमाथिको झोलुंगे पुलको लठ्ठा चुडिँदा १३ वटा खच्चड फसेका थिए ।

जालीमा छिरेर अड्किएका ती खच्चडको उद्धारमा सुरक्षाकर्मी र स्थानीय लागेका छन् ।


प्रतिकृया दिनुहोस्