
दाङ, जेठ २५- दाङमा नेपाल आर्मीका जवानले श्रीमतीको हत्या गरेका छन् । तुलसीपुर उपहानगरपालिका– ६ लुङ्ग्री टोलमा २७ बर्षीया श्रीमती टीका बुढाथोकीको हत्या गरी फरार भएका छन् ।
३६ बर्षीय शालिकराम बुढाथोकीले शुक्रबार बिहान सवा ८ बजेतिर श्रीमतीको हत्या गरि फरार भएका हुन् ।
खुकुरी प्रहार गरी शालिकरामले श्रीमती टीकाको हत्या पछि फरार भएको र खोजी भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाले बताए ।
स्थानीयले हातमा खुकुरी लिएर हिँडिरहेको देखेको बताएका छन् । श्रीमतीको हत्या पश्चात् खुकुरी हातमा लिएर हिडेपछि स्थानीय त्रसित बनेका छन् ।
उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।














