Hamro Sanchar

एकीकृत समाजवादीले ३ मन्त्रालय दाबी गरेपछि मधेसको मुख्यमन्त्री दाबी पेस गर्न ढिलाइ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ जेठ, २४ गते


Advertisement

काठमाडौँ, जेठ २४- मन्त्रालयमा भागबण्डा नमिल्दा मधेस प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्न ढिलाइ भएको छ । नेकपा (एकीकृत समाजवादी) ले ३ मन्त्रालयमा दाबी गरेपछि कुरा मिल्न नसकेको हो ।

जनमत पार्टीले प्रदेश सांसद सतिश सिंहलाई मुख्यमन्त्री बनाउने निर्णय गरिसकेको छ । तर बिहान ११ बजेदेखि भागबण्डा मिलाउन बसेको दलहरूको बैठकमा सहमति हुन सकेको छैन ।

जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने दलहरूबिच सहमति भइसकेको छ ।


प्रतिकृया दिनुहोस्