Hamro Sanchar

मोदीको शपथ ग्रहणमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड दिल्ली जाने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ जेठ, २४ गते


Advertisement

काठमाडौं, जेठ २४- सात चरणमा सम्पन्न लोकसभा निर्वाचनको परिणाम सार्वजनिक भएसँगै भारतीय प्रधानमन्त्री पुनः प्रधानमन्त्री बनेका छन् । नरेन्द्र मोदी भारतीय प्रधानमन्त्री बनेको यो तेस्रो पटक हो । मोदीको शपथ शनिबार दिल्लीमा हुँदैछ ।

शनिबार मोदीको शपथ हुनेभएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिल्ली जाने तयारी गरेका छन् । मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड दिल्ली जान लागेका हुन् । प्रधानमन्त्रीले भारत भ्रमणमा जाने तयारी गरिरहेको र संभवतः आज साँझ बस्ने मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने सरकारका एक मन्त्रीले जनाए ।

यसअघि हिजो साँझ भएको फोनवार्तामा मोदीले शपथ ग्रहणका बेला उपस्थित हुन प्रधानमन्त्रीलाई निम्तो गरेका थिए ।

 


प्रतिकृया दिनुहोस्