
काठमाडौँ, जेठ २०- नेकपा एकीकृत समाजवादीले १०औँ राष्ट्रिय महाधिवशेन आगामी असार १६ देखि २० गतेसम्म काठमाडौँमा हुँदै छ । समाजवादीले आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी महाधिवशेनको लोगो सार्वजनिक गरेको छ ।
लोगोमा दक्षिणपन्थी यथास्थितिवादको विरोध गरौँ, समाजवादी बाटोमा अगाडि बढौँ नारा उल्लेख छ । लोगोमा कम्युनिस्ट पार्टीको झन्डा र नेपालको राष्ट्रिय झन्डालाई संयोजन गरी कलात्मक बनाइएको छ ।
सो लोगोलाई अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालले संयुक्त रूपमा सार्वजनिक गरेका हुन् ।