Skip

Hamro Sanchar

चट्याङ लागेर घटनास्थलमै किशोरीको मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ जेठ, ८ गते


कैलाली, जेठ ८- कैलालीमा चट्याङ लागेर एक किशोरीको निधन भएको छ । घोडाघोडी नगरपालिका-९ मगरटोल बस्ने लाल सिंह विककी छोरी १५ वर्षीया ममता विकको चट्याङ लागेर सोमबार बेलुकी मृत्यु भएको हो ।

सोही ठाउँस्थित पसलबाट घर फर्कने क्रममा अचानक चट्याङ लागेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


प्रतिकृया दिनुहोस्