काठमाडौं, जेठ ६- सत्ता पक्ष र प्रतिपक्ष आ-आफ्नै अडानमा रहदा संसदीय छानबिन समितिको कार्यादेश टुंग्याउन बसेको कार्यदलको बैठकमा सहमति जुटेको छैन । सिंहदरबारमा भएको बैठकपश्चात एमालेका प्रमुख सचेत महेश बर्तौलाले सैद्धान्तिक रुपमा सहमति भएपनि बुँदागत रुपमा टुंग्याउन समय लाग्ने बताएका छन्।
विषयगत, नीतिगत र कानुनी रुपमा कसरी लाभ हुन सक्छ भनेर टुंग्याउन बाँकी भएकाले केहि समयपश्चात सहमत हुन सक्ने उनले बताए ।
उनले भने, ‘मोटामोटी छलफल भएको छ । एकाध विषयमा कांग्रेसको असहमति छन् । कांग्रेसले थप छलफल गर्न समय माग गरेको छ । सैद्धान्तिक रुपमा सहमति भएपनि बुँदागत रुपमा आज बेलुकासम्म सहमति हुनसक्छ ।’
उनले एक घण्टा पछि पुन बैठक बस्ने जानकारी दिए ।