
काठमाडौं, जेठ ५- मकवानपुरको बकैया गाउँपालिकामा कार दुर्घटना हुँदा तीन जना गम्भीर घाइते भएका छन् ।
ललितपुरबाट हेटौँडातर्फ जाँदै गरेको ग ३ च ९४७५ नम्बरको टाटा कार अनियन्त्रित भई बकैया–१२ चौतारास्थित कान्ति लोकपथ सडकखण्डमा दुर्घटना भएको हो ।
कार सडकबाट करिब ५०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी लक्ष्मी भण्डारीले जानकारी दिए ।
घाइते तीनैजना पुरुष रहेको तर परिचय खुल्न नसकेको प्रहरीले जनाएको छ । दुईजनाको उद्धार गरी अस्पताल पठाएको र अर्का एकजनाको उद्धार भइरहेको डीएसपी भण्डारीले जानकारी दिए ।