Hamro Sanchar

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई एमालेले विश्वासको मत दिने, सरकारमा नजाने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ जेठ, ३ गते


Advertisement

काठमाडौ, जेठ ३- सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई एमालेले विश्वासको मत दिने भएको छ । हिजो बसेको एमाले प्रदेश संसदीय दलको बैठकले विश्वासको मत लिने तर सरकारमा सहभागी नहुने निर्णय गरेको हो । मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदै छन् ।

एमालेकोसमेत समर्थनमा वैशाख ६ गते मुख्यमन्त्री नियुक्त भएका एकीकृत समाजवादीका सोडारीले यसअघि वैशाख २१ र २२ गते विश्वासको मत लिने तयारी गरेका थिए । तर एमाले तयार नभएपछि तेस्रो पटक आज विश्वासको मत लिन प्रदेशसभाको बैठक बोलाइएको छ ।


प्रतिकृया दिनुहोस्