Skip
आज : २०८३ आश्विन १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

अमेरिका उडे अर्थमन्त्री वाग्ले

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, १७ गते


Advertisement

काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्ले दुईदिने औपचारिक भ्रमणका लागि अमेरिका प्रस्थान गरेका छन्। विश्व बैंक समूहका अध्यक्ष अजय बङ्गाको निमन्त्रणामा उनी शुक्रबार राति अमेरिकाको वाशिङ्टन डीसीतर्फ प्रस्थान गरेका हुन्।

अर्थ मन्त्रालयका अनुसार असोज १९ र २० गते हुने भ्रमणका क्रममा नेपाल–अमेरिका द्विपक्षीय सहयोग विस्तार, आर्थिक सुधार र नेपाललाई वित्तीय कारबाही कार्यदल (एफएटिएफ) को ग्रे लिस्टबाट बाहिर निकाल्ने विषयमा छलफल हुनेछ।
भ्रमणका क्रममा मन्त्री वाग्लेले विश्व बैंक, अमेरिकी अर्थ मन्त्रालय तथा इन्टरनेसनल डेभलपमेन्ट फाइनान्स कर्पोरेसन (डिएसपी) का उच्च अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ। उनले निजी क्षेत्रका प्रमुख लगानीकर्ताहरूसँग पनि छलफल गर्नेछन्।

त्यस्तै, हालै रसुवामा आएको बाढीबाट क्षति पुगेका भौतिक संरचना तथा आर्थिक पूर्वाधारको पुनर्निर्माणका लागि थप सहयोग जुटाउने विषयलाई पनि भ्रमणमा प्राथमिकता दिइने मन्त्रालयले जनाएको छ।

विपद्पछिको पुनर्निर्माणसँगै भविष्यमा यस्ता जोखिमको सामना गर्न सक्ने उत्थानशील विकासका लागि आवश्यक सहायता परिचालनबारे समेत छलफल हुनेछ।


प्रतिकृया दिनुहोस्