Skip
आज : २०८३ आश्विन १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

स्थानीय चुनाव केन्द्रित रास्वपाको बैठक, ‘हामी आउँदै छौँ’ अभियानबारे हुँदैछ निर्णय

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, १७ गते


Advertisement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै आफ्नो संगठनात्मक तयारी अघि बढाउने भएको छ।

यसै विषयमा आवश्यक निर्णय गर्न पार्टीको केन्द्रीय समिति बैठक आज बस्दैछ।

वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालय ‘घन्टीघर’मा दिउँसो ३ बजे बस्ने बैठकको अध्यक्षता सभापति रवि लामिछानेले गर्नेछन्।

बैठकबाट स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समितिका सदस्य तोक्ने तथा विभिन्न विभागका प्रमुख र उपप्रमुख नियुक्त गर्ने विषयमा निर्णय हुने बताइएको छ।

रास्वपाले संगठनलाई जनस्तरसम्म विस्तार गर्ने उद्देश्यले केन्द्रीय नेता र सांसदलाई देशका विभिन्न क्षेत्रमा परिचालन गर्ने तयारी पनि गरेको छ।

त्यसअन्तर्गत अघि सारिएको ‘हामी आउँदै छौँ’ अभियान कसरी र कहिलेदेखि सञ्चालन गर्ने भन्नेबारे बैठकमा कार्ययोजना प्रस्तुत हुनेछ।

यसका साथै मधेस प्रदेशको सांगठनिक अवस्थाबारे गरिएको अडिट रिपोर्टमाथि समीक्षा गरिनेछ। पछिल्लो राजनीतिक घटनाक्रमलगायत समसामयिक विषय पनि बैठकको छलफलमा समेटिने रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिएका छन्।

बैठकले अभियानको मिति, सञ्चालन प्रक्रिया र संगठन विस्तारसँग सम्बन्धित आवश्यक निर्णय गर्ने तयारी गरेको छ।

 


प्रतिकृया दिनुहोस्