Skip
आज : २०८३ आश्विन १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

काठमाडौंका यि क्षेत्रमा आज र भोलि जादै छ बत्ती

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, १७ गते


Advertisement

१७ असोज, काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा आज र भोलि विद्युत् आपूर्ति बन्द हुने भएको छ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार रत्नपार्क वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा पूर्व तथा दक्षिण वितरण प्रणाली सुदृढीकरण आयोजनाको कामका क्रममा विद्युत् सेवा प्रभावित हुनेछ।

आज कमलादी फिडरअन्तर्गत जामे मस्जिद, एप्पलटावर, स्काई टावर, गणेश मन्दिर, हेरिटेज प्लाजा एरिया, होटल याक एन्ड यतीलगायत क्षेत्रमा बिहान ६ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् अवरुद्ध हुनेछ।

त्यस्तै, त्रिपुरेश्वर र बबरमहल फिडरअन्तर्गतका विभिन्न क्षेत्रमा बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सेवा रोकिने प्राधिकरणले जनाएको छ।

आइतबार बबरमहल, त्रिपुरेश्वर(टेकु)र थापाथली फिडरअन्तर्गतका क्षेत्रमा पनि बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने जनाइएको छ।

प्राधिकरणले निर्धारित समयअघि नै काम सम्पन्न भएमा विद्युत् सेवा सुचारु गरिने जनाएको छ।


प्रतिकृया दिनुहोस्