Hamro Sanchar

शिक्षकलाई मासिक रूपमा तलब प्रदान गर्ने घोषणा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ जेठ, १ गते


Advertisement

काठमाडौं, जेठ १- सरकारले शिक्षकलाई मासिक रूपमा तलब प्रदान गर्ने घोषणा गरेको छ । हाल सरकारले त्रैमासिक रूपमा तलब दिँदै आएकोमा त्यसलाई परिमार्जन गर्ने घोषणा गरेको हो ।

मंगलबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो कुरा उल्लेख गरेका हुन् ।

समयमै तलब नपाएको भन्दै शिक्षकहरूबाट गुनासो आइरहँदा सरकारले यस वर्षको नीति तथा कार्यक्रमबाट त्यसलाई सम्बोधन गर्न लागेको हो ।


प्रतिकृया दिनुहोस्