विराटनगर, बैशाख ३१- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राखेको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको छ ।
संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त कार्कीले प्रदेश सभाबाट ५७ मत पाएका छन् ।
एमाले, माओवादी र एकीकृत समाजवादीका सांसदहरूले विश्वासको मत दिएका हुन् ।
विपक्षमा कसैले पनि मतदान गरेनन् ।
संसदमा ६२ सांसद उपस्थित थिए ।
राप्रपाका सांसदहरू तटस्थ बसेको बैठकमा नेपाली कांग्रेस अनुपस्थित रहेको थियो ।