Skip
आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

कांग्रेस महाधिवेशनकाे उद्घाटनमा ओलि –प्रचण्डसहित शीर्ष नेताको जमघट, को–को आउँदैछन् ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, १६ गते


Advertisement

 

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी हुने भएका छन्।

असोज १८ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि सहभागी हुने कांग्रेसले जनाएको छ।

कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत पनि समारोहमा सहभागी हुनेछन्।

त्यस्तै राष्ट्रिय जनमोर्चाका कार्यवाहक महासचिव घनश्याम न्यौपाने तथा श्रम संस्कृति पार्टीका महासचिव आरेन राई पनि कार्यक्रममा उपस्थित हुने निश्चित भएको छ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क राई भने सहभागी नहुने भएका छन्।

कांग्रेसले महाधिवेशनमा सहभागी हुन विभिन्न दलका नेताहरूलाई औपचारिक रूपमा निमन्त्रणा गरेको थियो। ओली, प्रचण्ड र लामिछानेलाई कांग्रेस सहमहामन्त्री उदयशम्शेर राणाले व्यक्तिगत रूपमा भेटेर निमन्त्रणा दिएका थिए

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, हर्क राई र उपेन्द्र यादव लगायतलाई भने कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका महानिर्देशक डा। सुरेश आचार्यले निमन्त्रणा गरेका थिए।

महाधिवेशनमा अन्तर्राष्ट्रिय अतिथिको सहभागिता पनि हुने भएको छ। सोसलिष्ट इन्टरनेसनलकी कार्यकारी संयोजक चन्ताल काम्बिवा नेपाल आइसकेकी छन्। अन्य अन्तर्राष्ट्रिय अतिथिको सहभागिता सुनिश्चित गर्ने प्रक्रिया जारी रहेको कांग्रेसले जनाएको छ।


प्रतिकृया दिनुहोस्