Skip
आज : २०८२ कार्तिक २६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

मोटरसाइकल दुर्घटना हुँदा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ बैशाख, ३० गते


सिन्धुपाल्चोक, बैशाख ३०- सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–८ स्थित अरनिको राजमार्गको जल्किने मोडमा आइतबार मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

चौतारातर्फ आउँदै गरेको वाग्मती प्रदेश ०२००६ प ९५३९ नम्बरको मोटरसाइकलको पछाडि सवार २३ वर्षीया इन्दिरा अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको श्रीमान् मोटरसाइकल चालक सन्तोष दुलाल घाइते छन् ।

मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएकी अधिकारीको उपचारका क्रममा चौतारा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।


प्रतिकृया दिनुहोस्