Hamro Sanchar

स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई राजीनामा दिन प्रधानमन्त्रीको निर्देशन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ बैशाख, ३० गते


Advertisement

काठमाडौं, बैशाख ३०- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई राजीनामा दिन निर्देशन दिएका छन् ।

माओवादीले मधेस प्रदेश सरकारबाट समर्थन फिर्ता गरे लगत्तै प्रचण्डको सचिवालयले उपप्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री पदबाट राजीनामा गर्न उपेन्द्र यादवलाई प्रधानमन्त्रीको सन्देश पठाएको छ ।

आइतबार जनता समाजवादी पार्टी नेपाल नेतृत्वकाे मधेश प्रदेश सरकारबाट माओवादी केन्द्र बाहिरिएको छ । माओवादी केन्द्रबाट मन्त्री बनेकाहरूले मुख्यमन्त्री सरोजकुमार यादवसमक्ष राजीनामापत्र बुझाएका हुन् ।

मधेशमा माओवादीबाट भरतप्रसाद शाह विनाविभागीय र युवराज भट्टराई उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री थिए ।


प्रतिकृया दिनुहोस्